Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृषि मन्त्रालयको बजेट ५६ अर्ब

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– सरकारले कृषि मन्त्रालयलाई आगामी आर्थिक बर्षका लागि ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आगामी आर्थिक बर्षको बजेटमा कृषि मन्त्रालयलाई आगामी आर्थिक बर्षका लागि ५५ अर्ब ९७ करोड बजेट छुट्याएका हुन् । यस्तै सरकारले कृषि उत्पादन वृद्धि गर्न १० अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ भने रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट विनियोजन गरेको छ । यसले रसायनिक मल ब्यवस्थापन हुने अर्थमन्त्री शर्माले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार