कृषि उत्पादन कार्यक्रमको लागि १० अर्ब विनियोजन
काठमाडौं - सरकारले कृषि उत्पादन कार्यक्रमको लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् ।
उनले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । यस्तै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:४३
प्रतिक्रिया दिनुहोस्