Nic Ad Nic Ad
Nic Ad Nic Ad

मासिक १० करोडको विद्युत् खपत गर्ने उद्योगलाई १५ प्रतिशत छुट दिने सरकारको निर्णय

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं । सरकारले मासिक १० करोड रुपैयाँभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने भएको छ । आइतबार आर्थिक आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विद्युत् महशुलमा छुट दिने घोषणा गरेका हुन् । उनले मासिक १० करोडभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई महशुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिन बताए । साथै, अर्थमन्त्री शर्माले उच्च निर्यात सम्भावना भएको क्लिङकर, सिमेन्ट, स्टील, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित पहिचान गरी निर्यात प्रबर्द्धन गरिने र यस्ता वस्तुमा ८ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार