Nic Ad Nic Ad
Nic Ad Nic Ad

मृगौला प्रत्यारोपण निःशुल्क, मृगौला, क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता, ९८ प्रकारका औषधी निशुल्क

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– काठमाडौँ– सरकारले मृगौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने भएको छ । यसका लागि १ अर्ब ५० करोड बजेट बिनियोजन गरिएको आगामी आर्थिक बर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् । यसका साथै अब मृगौला प्रत्यारोपण निःशुल्क गरिएको छ । जसका लागि १० करोड रुपैयाँ बिनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिएका छन् । सबै प्रादेशिक अस्पतालमा डाइसेसिस उपचारका लागि डाइलेसिस मेसिन दरिद गर्न २० करोड विनियोजन गरिएको छ भने ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइने पनि मन्त्री शर्माले जानकारी दिएका छन् । मेडिकल कलेजहरूले कम्तिमा बर्षमा २ पटक दुर्गम भेगमा निशुल्क स्वास्थ्य शिविर चलाउनुपर्ने नियम लागू गरिने छ भने स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन सामुदायिक र सहकारी अस्पतालमा उपचार गर्न पाउने ब्यवस्था बनाउने भएका छन् । सुदुरपश्चिम प्रदेशको अत्तरीया र कर्णाली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने भएको छ । रकारले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका मलागि दश अर्ब रकम छुट्ट्याएको पनि जनाएको छ । ४० बर्ष माथिका नागरिकका लागि नजिकको अस्पतालमा नसर्ने रोगको एकपटक स्क्रिनिङ गर्न पाउने ब्यवस्था गरिने तथा शारिरीक तथा मानसिक पुनर्सथापनाकाागि हरेक प्रदेशमा एक पुनस्र्थापना केन्द्र स्थापना गर्ने मन्त्री शर्माले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ६९ अर्ब ३८ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार