सरकारले सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिने
काठमाडौं - सरकारले सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिने भएको छ । आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा गरेका हुन् ।
उनले २५ जिल्लाका सुत्केरी महिलालाई पाँच हजार रुपैयाँ पोषणभत्ता दिने जानकारी दिए । उनले मानव सुचकांकमुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई ५ हजार रुपैयाँ पोषणभत्ता दिइने बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:२१
प्रतिक्रिया दिनुहोस्