Nic Ad Nic Ad
Nic Ad Nic Ad

हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट विनियोजन, फास्ट ट्रयाक तीन वर्षभित्र सक्ने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - सरकारले तराई मधेश–काठमाडौं द्रूतमार्ग ३ बर्षभित्र सक्ने लक्ष्य लिएको बताएको छ । आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा गरेका हुन् । उनले फास्ट ट्रयाक तीन वर्षमा सक्ने लक्ष्यसहित ३० अर्ब ७ करोड रकम विनियोजन गरेको बताए । यस्तै सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रूपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। निर्माणाधीन हुलाकी राजमार्गको ३०० किलोमिटर सडक कालोपत्रे र २४ वटा पुलको निर्माण सम्पन्न गर्ने र थप ६७ वटा पुलको निर्माण कार्य सुरू गरिने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार