सरकारको नयाँ कार्यक्रम– एलपी ग्यास छोडौँ, विजुली जोडौँ
काठमाडौँ–सरकारले एलपी ग्यासको उपयोग कम गराउन नयाँ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षको बजेट पेश गर्दै एलपी ग्यास छोडौँ विजुली जोडौँ कार्यक्रम घोषणा गरेका हुन् ।
यो कार्यक्रम अन्तर्गत एलपी ग्यासको प्रयोग क्रमश घटाउने र विद्युतीय चुलो जडानलाई जोड दिइने उनले जानकारी दिए । यसका लागि विद्युतीय प्रणालीको विकाश गर्नुका साथै एलपी ग्यासको अनुदान क्रमशः घटाउँदै विद्युतीय चुलो प्रयोगमा अनुदान दिइने भएको छ ।
यसैअन्तर्गत सिंहदरबारभित्र आगामी साउन महिनासम्ममा एलपी ग्यास विस्थापन गरिने अर्थमन्त्री शर्माले जानकारी दिए । ३ बर्षभित्र विद्युतीय वितरण प्रणाली विकाश गरि एलपी ग्यास र पेट्रोलियमको प्रयोग उल्लेख्य रुपमा घटाउने ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:४३
प्रतिक्रिया दिनुहोस्