Nic Ad Nic Ad
Nic Ad Nic Ad

रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - सरकारले रेल र मेट्रो रेलको लागि बजेट विनियोजन गरेको छ । आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजित गरिएको जानकारी दिए । उनले पूर्वपश्चिम रेलमार्गको बर्दिबास–निजगढ खण्डको निर्माण कार्यलाई तीव्रता दिइने बताए । वीरगन्ज–काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने पनि बताए । यस्तै विराटनगर–धरान, पथलैया–वीरगन्ज, भैरहवा, बुटवल र पोखरा उपत्यकामा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिने उनको भनाई छ । अर्थमन्त्री शर्माले जयनगर–जनकपुर–कुर्था यातायात रेल सेवा विस्तार गरी विजयपुरसम्म यातायात सञ्चालन गरिने बताए । यस्तै विर्तामोड–जलेश्वर–जनकपुर रेल यातायात सेवा विस्तारको सम्भाव्यता अध्ययन गरिने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार