काठमाडौँबाट १ घण्टा मै चितवन पुगिने गरि दुर्त मार्ग बनाइने
काठमाडौँ– सरकारले काठमाडौँदेखि चितवन सडकमार्गबाट एक घण्टामै पुग्ने गरिको दु्रतमार्ग निर्माण गर्ने घोषणा गरेको छ ।
नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसका लागि पहिलो चरणमा निजी क्षेत्रको लगानीमा चन्द्रागिरी, चित्लाङ, पालुङ हुँदै चितवन पुग्ने मार्ग निर्माण गरिने बताएका हुन् ।
दोस्रो चरणमा चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निर्माण गर्न निजी क्षेत्रको लगानी ल्याउन लगानी बोर्डमार्फत् प्रक्रिया अघि बढाउने सरकारको तयारी छ ।
यस्तै, सरकारले सगरमाथा क्षेत्र जाने अहिलको मार्गलाइृ सुधार गर्दै नीजि क्षेत्रमार्फत चताराबाट सगरमाथासम्म २ घण्टामा पुग्ने र सगरमाथाको दृष्यावलोकन गर्न मिल्ने गरि मार्ग विकाश गर्ने पनि घोषणा गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:४४
प्रतिक्रिया दिनुहोस्