नयाँ आर्थिक वर्षका लागि १७ खर्ब ९३ करोड ८३ करोडको बजेट [पूर्णपाठ]
काठमाडौँ – सरकारले नयाँ आर्थिक बर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा नयाँ आर्थिक बर्षको बजेट पेश गर्दै आगामी आर्थिक बर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेका हुन् । जसको ४२ प्रतिशत साधारण खर्चका लागि छुट्याइएको अर्थमन्त्री शर्माले जानकारी दिएका छन् ।
जसअनुसार चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड बिनियोजन गरिएको छ भने पुँजिगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड रुपैया बिनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानीय तहमा जाने विभिन्न शिर्षकको अनुदान तर्फ प्रदेश ४ खर्ब २९ अर्ब बिनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए ।
बजेटको स्रोतमा राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड, बैदेशिक अनुदान ५५ अर्ब ४६ करोड उठाउने लक्ष्य राखिएको छ । अपुग हुने स्रोतमा बैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब र २ खर्ब ५६ अर्ब उठाइने लक्ष्य राखिएको अर्थमन्त्री शर्माले पेश गरेको बजेट वक्तब्यमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:४४
प्रतिक्रिया दिनुहोस्