सरकारले आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने
काठमाडौं - सरकारले आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने भएको छ । आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसबारे जानकारी दिए ।
बजेट प्रस्तुत गर्ने क्रममा उनले आगामी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि थप सवारी साधान खरिद नगर्ने घोषणा गरेका हुन् । उनले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेका हुन् ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन गरिएको मन्त्री शर्माले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:०२
प्रतिक्रिया दिनुहोस्