स्मार्ट फोनको मूल्य बढ्ने, अन्तशुल्क बढाएर ५ प्रतिशत पुर्याइयो
काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत स्मार्ट फोनहरुमा कर बढाएको छ। अर्थमन्त्री जनार्दन शर्माले स्मार्ट फोनको अन्तशुल्क बढाएको बताएका हुन् ।
स्मार्ट फोनहरुमा ५ प्रतिशत अन्तशुल्क पुर्याएको छ। यसअघि मोबाइल र वाइरलेस टेलिफोनको लागि २.५ प्रतिशत अन्तशुल्क लाग्दै आएको थियो।
मोबाइलमा अब १३ प्रतिशत भ्याट सहित १८ प्रतिशत कर लाग्ने भएको छ। सरकारले मोबाइलको भन्सार महशुलमा सरकारले पूर्ण छुट दिँदै आएको छ। १८ प्रतिशत कर लाग्ने भएपछि स्मार्ट फोनको मूल्य बढ्ने व्यवसायीले बताएका छन् । तर मोबाइल आयातकर्ताले नेपालमा अवैध आयातका मोबाइल सहज चल्ने हुँदा सरकारले झन् राजश्व गुमाउने बताउँछन्।
मोबाइल आयातकर्ताले सरकारलाई मोबाइलको दर्ता हुने सफ्टवेयर एमडीएमएस प्रणाली लागू गर्न माग गर्दै आएका छन्। सरकारले उक्त सफ्टवेयर सुचारु गरे अवैध आयात बन्द हुने बताउँछन्।