Nic Ad Nic Ad
Nic Ad Nic Ad

पञ्जाबी गायक सिद्धू मुसेवालाको गोली हानी हत्या, क्यानाडास्थित ग्यांगस्टारको कनेक्सन

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– पञ्जाबी गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्या भएको छ । पञ्जावको मानसामा आइतबार साँझ गोली प्रहार गरी उनको हत्या गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गोली लागेर घाइते भएका उनको अस्पताल पुर्याउँदै निधन भइसकेको अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनको शरीरमा एक भन्दा बढी गोली लागेको पाइएको पनि अस्पतालले जनाएको छ ।

गोली लागि घाइते भएका दुईजनाको उपचार भइरहेको छ ।

गुडिरहेको गाडीमा हमला गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई पछ्याउँदै आएको दुईवटा गाडीका आक्रमणकारीले ५० भन्दा बढी गोली चलाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

घटना हुनुभन्दा एकदिन अगाडि मात्रै पन्जाबको आम आदमी पार्टीको सरकारले उनको सुरक्षार्थ सुरक्षाकर्मीलाई फिर्ता बोलाएको थियो ।

गायक मुसेवालाको हत्याको जिम्मेवारी क्यानाडामास्थित ग्यांगस्टार गोल्डी बरारले लिएको बीबीसीले उल्लेख गरेको छ । साथै प्रहरीले ग्यांगस्टार लोरेन्स बिश्नोईको संलग्नताबारे पनि अनुसन्धान गरिरहेको छ ।

मुसेवालाको हत्यापछि परिवारले भने पोस्टमार्टमका लागि अस्वीकार गर्दै राष्ट्रिय जाँच एजेन्सीद्वारा अनुसन्धान गरिनु पर्ने माग राखेका छन् । परिवारले हत्याकान्डमा विदेशी ग्यांगस्टारको हात रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:०२
प्रतिक्रिया दिनुहोस्