Nic Ad Nic Ad
Nic Ad Nic Ad

बजेटपछिको पहिलो दिन सेयर बजार २ प्रतिशतले घट्यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – नयाँ आर्थिक बर्षको बजेट आएपछिको पहिलो दिन सेयर बजार दुई प्रतिशत भन्दा धेरैले घटेको छ । सोमबार खुलेको बजारमा शुरुवातबाट नै गिरावट हुँदा २ दशमलव ३ प्रतिशतको गिरावट आएको छ । सोमबार नेप्से ४५ दशमलव ०२ अंकले घटेर २१७८ दशमलव ६९ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचक पनि घटेका छन् । कारोबार रकम भने १ अर्ब ३३ करोड ८९ लाख पुगेको छ । नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ४ करोड ९६ लाखको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको ४ करोड ४२ लाखको कारोबार भएको छ । आज दिनभर बजारमा १९४ कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको सेयरमूल्य घटेको छ भने ५ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार