सैफका छोरा इब्राहिम बलिउडमा डेब्यु गर्दै
काठमाडौं - अभिनेता सैफ अली खानले आफ्ना छोरा इब्राहिम अली खानलाई बलिउडमा डेब्यु गराउने भएका छन् । उनी करण जोहरको नयाँ फिल्म 'रकी और रानी की प्रेम कहानी'मा सहायक निर्देशकको भूमिकामा रहने बताइएको छ ।
करणले इब्राहिमको डेब्युका लागि गत वर्षको मलयालम रोमान्टिक फिल्म ‘हृदयम’ को हिन्दी रिमेक बनाउने तयारीमा रहेको भारतिय मिडियामा बताइएको छ । करणले विनीत श्रीनिवासनको निर्देशनमा इब्राहिमलाई नायकको भूमिकामा देखाउन खोजेका छन् ।
सैफकी पहिलो पत्नी अमृता सिंहका छोरा इब्राहिम आफ्नो पर्सनल लाइफका कारण चर्चामा आइरहने गर्छ । सामाजिक सञ्जालमा सक्रिय रहने उनका फ्यान फलोइङ पनि धेरै छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:०२
प्रतिक्रिया दिनुहोस्