बोनी कपूरको ३ लाख बैंकबाट नै चोरी
काठमाडौं - बलिउडका चर्चित निर्माता बोनी कपूरको पैसा बैंकबाट नै चोरी भएको छ । आफ्नो खाताबाट ३ लाख ८२ हजार रुपैंयाँ चोरी भएपछि उनी प्रहरीकोमा पुगे ।
मुम्बई प्रहरीकोमा पुगेर उनले पैसा चोरी भएको भन्दै उजुरी पनि दिएका छन् । भारतिय मिडियाका अनुसार बोनीको पैसा गत मार्चमा बैंकबाट नै चोरी भएको हो । पैसा चोरी भएपछि उनी बैंकमा खबर गरेका थिए । उनले आफ्नो क्रेडिट कार्ड पनि कसैलाई दिएका पनि थिएनन् ।
उनले पैसा गुरुग्रामको एक कम्पनीको खातामा कसैले सारेको देखिएको बताइएको छ । निर्माता बोनील जुदाई, वान्टेड लगायतका धेरै फिल्म निर्माण गरेका छन् । उनी दिवंगत अभिनेत्री श्रीदेवीका पति पनि हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०२
प्रतिक्रिया दिनुहोस्