Nic Ad Nic Ad
Nic Ad Nic Ad

अफ्रिकी मुलुक चाडको सुनखानीमा झडप, १०० मजदुरको मृत्यु

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– अफ्रिकी देश चाडको एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका त्यहाँको रक्षामन्त्रालयले जानकारी दिएको छ ।

लिबियाको सीमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा हिंसा भड्किएको समाचारमा जनाइएको छ । सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १ हजार किलोमिटर टाढा पर्छ ।

१० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए । सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ ।

पछिल्लो झडप मौरिसियाली र लिबियाली मजदुरबीच भएको जानकारी दिइएको छ । घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:०१
प्रतिक्रिया दिनुहोस्