Nic Ad Nic Ad
Nic Ad Nic Ad

विमान दुर्घटनाः बाँकी १२ शव काठमाडौँ ल्याइयो (तस्वीरहरू)

बुधबार, मंसिर ७, २०७९
काठमाडौं – तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव पनि आज (मंगलबार) काठमाडौं ल्याइएको छ । उक्त शव पोस्टमार्टमको लागि काठमाडौँ स्थित त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल, महाराजगञ्ज ल्याइएको हो । योसँगै तारा एयरको ‘टुवीन् अटर नाइन एनएइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ । विमान आइतबार पोखराबाट जोमसोम जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्य सहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको हो । बाँकी शवहरूलाई आधारस्थल कोवाङ ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरद्वारा आज काठमाडौँ ल्याएको हो । १० जनाको शव सोमबार नै काठमाडौं ल्याइएको थियो ।    
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्