Nic Ad Nic Ad
Nic Ad Nic Ad

सनिस र केशु मिस्टर र मिस सुपरनेसनल नेपाल

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । सौन्दर्य प्रतियागिता ‘मिस्टर एण्ड मिस सुपरनेसनल नेपाल २०२२’ को उपाधि सनिस श्रेष्ठ र केशु खड्का जितेका छन् । राजधानीमा आयोजित फिनालेमा दुवै विजेता जनही ७ लाख बराबरको पुरस्कार राशी र विभिन्न उपहार पोल्टामा पारे ।

दुवै विजेताले पोल्याण्डमा आयोजना हुने ‘मिस्टर र मिस सुपरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्दैछन् । प्रतियोगितामा ‘मिस्टर’तर्फ मानसकुमार राई र अनिश कार्की ‘सेकेण्ड रनर अप’ हुँदा ‘मिस’ तर्फ अदीति अधिकारी ‘फष्ट रनर अप’ र एरी तुलाधर ‘सेकेण्ड रनर अप’ भए ।

सनुर्वी इन्टरनेशनलको प्रस्तुति रहेको प्रतियोगितामा ग्लोबल स्कुल अफ साइन्स र रिजभोल कस्मेटिकको प्रायोजन थियो । प्रतियोगीताको निर्णायकमा भरो भार्गोस (मिस्टर सुपरनेसनल २०२१), एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुपरनेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर), डा. सन्तोष उपाध्याय राष्ट्रिय निर्देशक मिस्टर एण्ड मिस सुप्रानेसनल नेपाल, सोना अमात्य र किशोर महर्जन थिए ।

सय बढी आवेदकको अडिसनबाट अन्तिमस्पर्धाका लागि २० प्रतिस्पर्धी छानिएका थिए । प्रतियोगीताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्