Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोर्खाः विनिथ द ब्रेभरीमा भिक्टोरिया विजेता कुलवीरको कथा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं । पहिलो पटक भिक्टोरिया क्रस पाउने नेपाली कुलवीर थापाको जीवनीमा आधारित रहेर फिल्म ‘गोर्खा ः बिनिथ द ब्रेभरी’ निर्माण भएको छ । इंग्ल्याण्ड र बेलायतमा छायांकन भएको फिल्म हाल पोस्ट प्रोडक्सन चरणमा छ । निर्देशक प्रदीप शाहीले फिल्मको हाल लण्डनमा पोस्ट प्रोडक्सन भइरहेकाले आगामी साउन मध्यतिर नेपालमा प्रदर्शन गर्ने बताए । कुलवीर २५ सेप्टेम्बर, १९१५ मा ब्रिटिश सेनाहरूले फ्रान्सको लुसमा आक्रमण गर्दा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका राइफलम्यान कुलवीर थापा घाइते बनेका थिए । घाइते भए पनि उनी २६ सेप्टेम्बरदेखि पीडितहरुको उद्दारमा खटिए । यही कारण उनलाई गोर्खाहरूका लागि पहिलो भिक्टोरिया क्रस प्राप्त भयो । ‘फिल्मले गोर्खालीहरु जति बहादुर छन्, त्यति नै दयालु हृदयका पनि बहादुर छन् भन्ने देखाएका छौं । विश्व युद्धमा घाइतेहरुलाई गोर्खा सैनिकले नै उद्धार गरेका थिए, सोही कुरा फिल्मको विषय हो । आत्म–त्याग, करुणा र मित्रताको कथामा फिल्म बनेको हो,’ उनले भने । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् । फिल्ममा मधु गुरुङ र प्रयास गुरुङ निर्माता तथा क्षितिज सुवेदी कार्यकारी निर्माता हुन् । फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, रुपेश गुरुङको सम्पादन, विश्व शाहीको संगीत, अश्रुती पटेलको कला निर्देशन, एरमान जम्बकको भिएफएक्स, बेलेन सिलोगुल्लरको कलर र रबिन श्रेष्ठको साउन्ड ट्रयाक रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:०१
प्रतिक्रिया दिनुहोस्