आँखामा समाजको कथा
काठमाडौं । सामाजिक कथामा फिल्म ‘आँखा’ बन्ने भएको छ । जौन योन्जनको निर्देशनमा बन्न लागेको फिल्मले हालै कलाकार तथा प्राविधिक सार्वजनिक गरेको छ । लामा सिनेमाले निर्माण गर्ने फिल्ममा निर्देशक योञ्जनकै कथा र पटकथा छ ।
फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाशीको अभिनय रहनेछ ।
निर्देशक योन्जनले फिल्मले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देख्ने भन्दै नेपाली समाजको एक पाटोको यथार्थतालाई फिल्मले देखाउने बताए । उनले नेपाली फिल्ममा हराउँदै गएको पर्फमिङ आर्टलाई आफ्नो फिल्मले फर्काउने दाबी गरे ।
अभिनेत्री निशा अधिकारीले पछिल्लो वर्ष आफुले नयाँ भिजन र क्रियशन भएका मेकरहरुसँग काम गर्न पाएको भन्दै त्यसैको निरन्तरता स्वरुप ‘आँखा’मा जोडिएको बताइन् ।
अभिनेत्री अस्मिता लामिछानेले सिक्दै र अनुभव लिँदै अघि बढेको कलाकारलाई स्कृप्ट च्यालेन्जिङ रहेको भन्दै चुनौतीबीच आफ्नो भुमिकालाई प्रमाणित गरेर देखाउने बताइन् । इटालीमा फिल्म अध्ययन गरेर नेपाल फर्केका कलाकार आरके मेहताले आफ्नो अध्ययन कुशलतालाई पर्दामा ल्याउँदा दर्शकलाई भिन्न स्वाद दिने र निराश नबनाउने बताए ।
फिल्ममा आकोश शुक्लाको छायांकन, दीपक आरजेको संगीत, रेवन्तविक्रम थापाको द्वन्द्व, करण साउदको कला निर्देशन, सन्तोष मल्लको मुख्य सहायक निर्देशन तथा ध्रुब कार्की, अम्बिका नेपाली र सञ्जय भालको सहायक निर्देशन छ । फिल्म आगामी वर्ष अर्थात् २०८० मा रिलिज हुनेछ ।
ढाकाटोपी फिल्मस्, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहने फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ ।