अभिनेत्री पुनम पाण्डेविरुद्ध अभियोग पत्र
मुम्बई । गोवामा न्यूड फोटोसुट र भिडियोग्राफीको मामलामा बलिउड अभिनेत्री पाण्डे कानूनी झमेलामा फसेकी छन् । पुनमविरुद्ध गोवा प्रहरीले अभियोग पत्र दर्ता गराएको छ ।
यसअघि सन् २०२० मा पुनमविरुद्ध नै उजुरी दर्ता भएको थियो । पुनममाथि उनले चपोली ड्याममा आपत्तिजनक भिडियो बनाएर नियमको उल्लंघन गरेको आरोप छ । गोवा प्रहरीले यो मामलामा पुनमसँगै उनका पति सेम बम्बेलाई पनि आरोपी बनाएको छ ।
सन् २०२० मा पुनम पति सेमका साथ कानकोना घुम्न पुगेकी थिइन् । जहाँ पुनममाथि सार्वजनिक स्थानमा गलत किसिमले भिडियो सुट गराएको आरोप लागेको थियो । पर्यटकको बाक्लो उपस्थिति रहेको त्यहाँ उनले नृत्य पनि गरेकी थिइन् ।
केही समयअघि मात्र अभिनेत्री कंगना रनावतको शो ‘लकअप’मा देखिएकी पुनम एक प्राइभेट एप चलाउछिन् । जसमा उनी आफ्नो न्यूज भिडियो र फोटो शेयर गर्छिन । पुनमले फिल्म ‘नशा’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । –आइएएनएसबाट