Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रेम अस्वीकारपछि आमिरले गरेका थिए शिर मुण्डन

बिहीबार, मंसिर ८, २०७९

मुम्बई । बलिउड अभिनेता आमिर खान आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को प्रमोसनमा व्यस्त छन् । बलिउडमा फरक फ्लेभरका फिल्म निर्माण गर्न रुचाउने आमिर युवावस्थामा प्रेमप्रति कति संवेदनशिल थिए भन्ने कुरा एउटा घटनाले प्रष्ट्याउछ ।

समाचारअनुसार आमिरले आफ्नी प्रेमिका गुमाउदा उनको सम्झनामा शिर मुण्डन गरेका थिए । एक फिल्मको सुटिङ भइरहँदा आमिरले मुण्डन गरेपछि धेरैले फिल्मको कथा अनुसार शिर मुण्डन गरेको भन्ने सोचेका थिए । तर वास्तविक फरक थियो ।

‘मेरो निर्णयले निर्देशक केतन मेहता पनि छक्क परेका थिए । धेरैले मैले शिर मुण्डन गर्दा कुनै फिल्मको कथाका लागि गरेको हो कि भन्ने सोचेका थिए । तर त्यसको कारण अरु नै थियो । जो युवतीलाई मैले मनपराएको थिएँ, उनले मेरो प्रेम अस्वीकार गरिन्’, आमिरले भनेका छन् ।

आमिरका अनुसार आफूले मनपराएकी युवतीले आमिरलाई बोलाएर आफूलाई मन नपराउने बताएपछि त्यसकै प्रतिक्रिया स्वरुप उनले शिर मुण्डन गरेका थिए । ‘त्यो मेरो केटाकेटीपन थियो’, आमिर सम्झन्छन् ।

आमिर फिल्म ‘लाल सिंह चड्डा’मा सिख व्यक्तिको भूमिकामा छन् । यो फिल्म हलिउडको ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । अद्वैत चेतन निर्देशित फिल्म आगामी अगष्ट ११ मा रिलिज हुँदैछ ।

आमिरले सन् १९८४ मा रिलिज फिल्म ‘होली’बाट बलिउडमा पाइला चालेका थिए । उनले ‘यादों कि बारात’ र ‘मदहोश’मा बाल कलाकारको भूमिका निर्वाह गरेका थिए । –दैनिक भास्कर

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:२६
प्रतिक्रिया दिनुहोस्