Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिल्ली फोको ए दिल तँ बोल बोल

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं । राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’को डान्सिङ नम्बर गीत ‘ए दिल तँ बोल बोल’ सार्वजनिक भएको छ । गीतमा लोकगायक पुरुषोत्तम न्यौपानेको संगीत, दिनेश सुबेदीको शब्द, रचना रिमाल तथा संगीतकार न्यौपानेको स्वर छ ।

भिडियोमा केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल र दिनेश रेग्मी फिचर्ड छन् । फिल्म आगामी असार ३१ गतेबाट नेपालभर रिलिज हुँदैछ । फिल्ममा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट(सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय छ ।

मनोज डिके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ सह–निर्माता छन् । फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानको ट्रेलर र श्रीराम बालाजी फिल्मसको वितरण छ । फिल्मको डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।

https://www.youtube.com/watch?v=nqks7mP_Flc
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:५२
प्रतिक्रिया दिनुहोस्