नायिका मगर र तामाङबीच सहमती, मागे माफी
काठमाडौं – कबड्डी-४ की नायिका मिरुना मगर र मुगु स्थायी घर भएका फुर्पा तामाङबीच सहमती भएको छ ।
मंगलबार तामाङ रिहा भएपछि दुवैले एकअर्कालाई माफी मागेका छन् । तामाङले गल्ति स्वीकार गरी अभिनेत्री मगरसँग माफी मागेका हुन् भने अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी दिएकी छिन् ।
चलचित्रको प्रचारका लागि गएका बेला आफुमाथि अभद्र व्यवहार गरेको भन्दै नायिका मगरले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:३४
प्रतिक्रिया दिनुहोस्