Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा अहिलेसम्म मङ्कीपक्सका संक्रमित नरहेको दावी

शुक्रबार, मंसिर ९, २०७९
नयाँ दिल्ली - विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका संक्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ । भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही संक्रमित भएको पुष्टि नभएको दावी गरेका हुन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत मङ्कीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै आएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार मङ्कीपक्स भारतमा भित्रिन नदिनका लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । सरकारले मङ्कीपक्सको संक्रमण व्यवस्थापन निर्देशिका तयार पारिसकेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “भारतमा अहिलेसम्म मङ्कीपक्सबाट संक्रमित कोही भेटिएका छैनन् ।”
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:०१
प्रतिक्रिया दिनुहोस्