Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिलो भेटमै सेक्स गर्न खोज्ने केटा अधिकांश युवतीलाई मन पर्दैन

शुक्रबार, मंसिर ९, २०७९

हरेक युवा युवती आफ्नो रोजाईको पार्टनरको खोजीमा हुन्छन् । कतिले रोजाई अनुसारको पार्टनर पाउँछन् भने कतिले सम्झौतामा सम्बन्ध जोडेका हुन्छन् ।

युवतीहरू एक आदर्श युवकमा के खोज्छन् भन्ने कुरा रहस्यमै छ । तथापि रेड्डिट नामक सामाजिक सञ्जालमा महिलाहरूलाई केटामा के खोज्नुहुन्छ भनी सोधिएको थियो । जसमा युवतीहरुले आफुले खोजेको केटाका बारेमा बताएका थिए ।

अधिकांशले आफ्नो पार्टनर आक्रमक नहुन् भन्ने चाहान्थे । उनीहरुले स्त्री सुलभ गुण भएको युवक मन पराउने बताएका थिए ।

धेरैले युवकमा शान्त आत्मविश्वास र बुद्धिमत्ता जस्ता गुण मन पर्ने अनि पहिलो भेटमै सेक्स गर्न नहतारिने युवक राम्रो लाग्ने बताएका थिए । यस्तै धेरैले आफूहरुलाई होच्याउने पुरुष मन नपर्ने प्रतिक्रिया दिएका थिए ।

युवतीहरुले कमलो मन भएको केटा बढी मन पराए । आत्मविश्वास भएको तर अहंकार नदेखाउने पुरुष आफूहरुलाई चित्त बुझ्ने उनीहरूको भनाइ थियो ।

द डेली मेल

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२९
प्रतिक्रिया दिनुहोस्