आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
काठमाडौँ– तीन प्रदेशसहित देशका विभिन्न स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकाले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश , गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरीसहित वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार भोलि (बिहीबार) पनि मौसम बदली रहने छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०८
प्रतिक्रिया दिनुहोस्