Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोलेस्ट्रोल बढ्यो आजै थाल्नुहोस् यी खानेकुरा खान

बिहीबार, मंसिर ८, २०७९

शरीरमा खराब कोलेस्ट्रोल बढ्न नदिन सबैभन्दा पहिले सन्तुलित खानाको सेवन र पर्याप्त व्यायाम गर्न आवश्यक छ । प्रशस्त फलफूल, सागपात र सिंगै दलहनहरुको सेवन गर्दा पनि खराब कोलेस्ट्रोल घट्न सक्छ । यस बाहेक गुलियो भएका खानेकुरा, पेय पदार्थ तथा तारेका खानेकुराहरुको सेवन कम गर्नुपर्छ । त्यसबाहेक, निम्न खानेकुरा खानु उपयुक्त मानिन्छ ।

– सिमी/गेडागुडीहरु सिमी गेडागुडीहरु प्रोटिनको राम्रो स्रोत हो । तीमध्ये कतिपय त शरीरमा कोलेस्ट्रोल घटाउन पनि सहयोगी हुने गर्छन् । विशेष गरी राजमा, दालहरु कोलेस्ट्रोल घटाउन उपयोगी हुन्छन् ।

एभोकाडो एभोकाडोको नियमित सेवनले शरीरको खराब कोलेस्ट्रोल नियन्त्रण हुने गर्छ । एवोकाडोमा केरामा भन्दा बढी पोटासियम पाइन्छ । पोटासियमले मुटु स्वस्थ राख्न भूमिका खेल्दछ ।

– होल ग्रेन आकर्षक बनाउन रिफाइन वा मेशिनमा कुटिएका अन्न भन्दा ढिकी जाँतोमा कुटिएको अन्न स्वास्थ्यको लागि उत्तम मानिन्छ । यस्ता अन्नले खराब कोलेस्ट्रोल बढ्न दिँदैन ।

– कालो चकलेट कालो चकलेटको नियमित सेवनले खराब कोलेस्ट्रोल घटाउँछ । तर गुलियो मिसाएर बनाइएको चकलेट भन्दा ७५ प्रतिशतसम्म कोका रहेको चकलेटको सेवन उत्तम मानिन्छ ।

– वनस्पति तेलहरु शरीरमा खराब कोलेस्ट्रोल बढ्न नदिन वा घटाउन सूर्यमुखीको तेल, जैतुनको तेलहरु राम्रो विकल्प हुन् । तेल वा चिल्लो खाद्यमा जम्ने तेल खानु हुनुहुँदैन ।

– चिया कोलेस्ट्रोल घटाउन चिया उपयोगी खाद्य हो । खासगरी, दूध हालेको भन्दा पनि फिक्का वा हरियो चियाको सेवन कोलेस्ट्रोल घटाउनको लागि फाइदाजनक मानिन्छ । फिक्का वा हरियो चियाको सेवनले रक्तचापलाई सही राख्छ, शरीरमा हुने इन्फ्लेमेशनलाई पनि घटाउँछ ।

कोलेस्ट्रोल घटाउन दैनिक रुपमा शारीरिक व्यायाम गर्ने बानी बसाउनु पर्दछ । सामान्यतया दिनको एक घण्टा शारीरिक व्यायाम वा हिडडुँल गर्ने र प्रशस्त मात्रामा पानी पिउने हो भने पनि कोलेस्ट्रोलका साथै थुप्रै स्वास्थ्य समस्याहरुबाट बच्न सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार