केकेको टाउको र अनुहारमा चोट, उजुरी दर्ता
मुम्बई । बलिउडका प्रख्यात गायक कृष्णकुमार कन्नथ(केके)को मंगलबार राती कोलकाताको एक स्टेज शोमा हृदयघातका कारण निधन भएपछि बलिउड अहिले शोकमा छ । अहिले केकेको निधनबारे नयाँ खबर सार्वजनिक भएको छ ।
समाचारअनुसार केकेको शिर र अनुहारमा चोट देखिएको छ । चोट देखिएपछि कोलकाता प्रहरीले उजुरी दर्ता गराएको छ । उजुरी दर्ता भए पनि पोस्टमार्टमपछि मात्र उनको निधनको वास्तविक कारण थाहा हुनेछ ।
कोलकाताको न्यू मार्केट पुलि स्टेसनमा गायक केकको निधनपछि अप्राकृतिक मृत्युको मामलामा उजुरी दर्ता भएको हाे । प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरिसकेको छ । अहिले प्रहरीको चासो कार्यक्रमस्थलमा दर्शकको उपस्थिति तोकिएको संख्याभन्दा बढी थियो या थिएन भन्नेमा छ । त्यहाँको एसीले काम गरिरहेको थियो या थिएन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ । यसबाहेक के कारणले केके प्रस्तुती दिइरहँदा बिरामी भए भन्ने विषयमा पनि प्रहरीले आफ्नो ध्यान केन्द्रीत गरेको छ ।
केकेको शवलाई दिउँसो १२ बजेपछि निजी अस्पतालबाट एसएसकेएम अस्पताल लगिनेछ ।
–जीन्यूज
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:२५
प्रतिक्रिया दिनुहोस्