सलमान खानको सुरक्षा बढाइयो
मुम्बई–पञ्जाबी गायक र र्यापर सिद्धु मसेवालाको हत्या पछि बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । सलमानको सुरक्षा बढाइएको जानकारी मुम्बई प्रहरीका एक वरिष्ठ अधिकृतले खुलाएका छन् ।
राजस्थानबाट परिचालित हुने बिश्नोई गिरोहको गतिविधिबाट सलमानलाई सुरक्षित राख्नका लागि मुम्बई प्रहरीले यो निर्णय लिएको बताइएको छ ।
समाचारअनुसार सिद्धु हत्याकाण्डको आरोपी लरेन्स बिश्नोईले सलमानलाई सन् २०१८ मा ज्यानको धम्की दिएको थियो । सलमानलाई फिल्म ‘हम साथ साथ है’को सुटिङका दौरान कालो हिरण शिकार मामलालाई लिएर बिश्नोईले धम्क्याएका थिए । लरेन्स बिश्नोई समुदाय कालो हिरणलाई पवित्र मान्दछन् ।
सन् २०२० मा हत्याको आरोपमा पक्राउ परेका बिश्नोईका निकट तथा सहयोगी राहुलले सलमानलाई बिश्नोईले मार्ने योजना बनाइरहेको खुलासा गरेका थिए । हत्या हुनसक्ने खुलासा भएपछि प्रहरी रेकीका लागि मुम्बई पुगेका थिए ।
–दैनिक जागरणबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:५१
प्रतिक्रिया दिनुहोस्