सुशान्तकी प्रेमिका रियालाई अबुधाबी जान अदालतले दियो अनुमति
मुम्बई– मुम्बईको एक विशेष अदालतले बुधबार अभिनेता सुशान्तसिंह राजपूतको निधनसँग सम्बन्धित लागुऔषध मामलाकी आरोपी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीलाई विदेश जान अनुमति दिएको छ ।
युएईको आबुधाबीमा आयोजना हुन लागेको आइफा अवार्डमा जानका लागि उनलाई अनुमति दिएको हो ।
अदालतका विशेष न्यायाधीश एए जोगलेकरले अभियोजन एजेन्सी नारकोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)लाई रियाको पासपोर्ट उनलाई फिर्ता गर्न निर्देशन दिएको छ । अभिनेत्री रिया २ जूनदेखि ५ जूनसम्म आइफाको २२ औं संस्करणमा भाग लिन अबुधाबी जाँदैछिन् ।
समाचारअनुसार अदालतले चक्रवर्तीलाई एक लाख रुपैंयाँको अतिरिक्त रकम जमानत राख्न आदेश दिएको छ । यससँगै अदालतले अभिनेत्रीलाई यात्राको दौरान कुनै पनि शर्त पालना नगरेमा जमानत जफत हुने चेतावनी दिएको छ ।
–अमरउजाला
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १८:०६
प्रतिक्रिया दिनुहोस्