सपनाले सफलताको चुचुरोमा पुगेका सम्राट अलेक्जेन्डर
साना अलेक्जेन्डर धुरुधुरु रोएर बाबुअगाडि प्रस्तुत भए । के भयो प्यारो छोरा ? राजा फिलिपले सोधे ।
हजुरले नै सबै राज्य जिते भविष्यमा मैले जित्न नै के बाँकी रहला र ? यसरी गुनासा पोखे सिकन्दर महान्सित विश्वविजेता बन्ने विराट सपना सानैदेखि थियो । उनले विश्वमा प्रथम सम्राट भएको कल्पनामा आफ्ना बाल्यकाल बिताए । त्यस वेला उनले गर्नसक्ने सबभन्दा ठूलो कुरा पनि त्यही मात्र थियो । किशोर अवस्थामा
उनले महान् गुरु भेट्टाए— अरस्तु । त्यसपछि झनै उनको सपना साकार पार्ने बाटो खुल्यो । त्यसै वेलादेखि उनी आफ्नो सिरानीमुनि होमरको महाकाव्य इलियाड र एउटा तलबार राखी सुत्न थाले । उनले इलियाड आफूलाई जित्न र तलबार दुनियाँलाई जित्न राखेका थिए र, उनले ३३ वर्षकै उमेरमा पश्चिम एसिया जिते ।
पच्चीस पुग्दा नपुग्दै पर्सिया जस्ता शक्तिशाली साम्राज्यसमेत हात पारे । ती राज्यहरुबाट प्राप्त असंख्य धन दौलत आसेपासे र सैनिकहरुलाई बाँडे । डकासले सोधे पनि— महाराज हजुरले आफ्नो लागि के जोगाउनुभयो ? आशा सम्राटले भने । र, ३३ वर्षको कलिलो उमेरमै उनको देहावसान भयो । उनले पर्सियादेखि भारत जित्ने क्रममा ३ हजार ४ सय किलोमिटरको घनघोर बाटो ३५ हजार सैनिकका साथ मात्र ९ दिनमा पार गरेका थिए, जहाँ अरुलाई तीन महिना लाग्थ्यो । यस्तो थियो उनको लक्ष्यप्रतिको आतुरता ।
सिकन्दरका अँध्यारो पक्ष पनि थिए— उनी अति क्रूर थिए । थिब्सलाई जितेपछि त्यहाँका ६ हजार जनालाई मृत्युदण्ड दिए भने ३० हजारलाई दासको रुपमा बेचबिखत गरे । पछि अलेक्जेन्डले पढेर जुलिएस सिजर क्वाँ क्वाँ रोएका थिए । त्यस्तै हन्निबल, नेपोलियन, मन्टोगोभरीजस्ता युगीन योद्धाहरु जन्मनुमा उनको जीवनले निर्णायक भूमिको खेलेको थियो ।
साभार: ‘नव सफलता शास्त्र २’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:५५
प्रतिक्रिया दिनुहोस्