Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाः ओक्लाहोमाको अस्पतालमा गोली चल्दा चार जनाको मृत्यु

शुक्रबार, मंसिर ९, २०७९
ओक्लाहोमा– अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र सानो बन्दुक लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफ्नै गोली लागेर मृत्यु भएको छ । ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए । आक्रमणकारीको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ । डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो। अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले पीडितहरू कर्मचारी र बिरामी दुवै रहेको बताए। ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनलाई आक्रमणबारे जानकारी गराइएको जनाएको छ। गत हप्ता टेक्सासको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १९ बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो । मे महिनामा एक बन्दुकधारीले बफेलो सुपरमार्केटमा गोली चलाउँदा १० जनाको ज्यान गएको थियो।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:४१
प्रतिक्रिया दिनुहोस्