Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्रष्टालाई पहिलोपटक यातायातको रोयल्टी

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–रोयल्टीको इतिहासमा पहिलोपटक स्रष्टाहरुले यातायातबाट उठेको रोयल्टी पाउने भएका छन् । संगीत तथा रोयल्टी संकलन समाजले आगामी जेठ २५ गते राजधानीमा एक कार्यक्रम गर्दै समाजमा आबद्ध १ हजार ६ सय ३८ स्रष्टालाई रोयल्टी प्रदान गर्न लागेको हो । समाजका अध्यक्ष सुरेश अधिकारीका अनुसार यातायातबाट उठेको रोयल्टी पहिलोपटक स्रष्टाको हातमा पर्न लागेको जानकारी दिए । ‘यातायातमा कसको गीत बज्यो भन्ने तथ्यांक हुँदैन । त्यसलाई वितरण गर्न छुट्टै मापदण्ड आवश्यक थियो । यसपटक चुनावमा निर्वाचित भएर आएपछि हामीले यातायातको रोयल्टी वितरणबारे मापदण्ड बनाएका हौं’, अधिकारीले भने,‘त्यही पारित मापदण्ड अनुसार यातायातसँगै केही तथ्यांक नखुलेका रेडियो, टेलिभिजन र रियालिटी शोबाट प्राप्त रोयल्टी समावेश गरिएको छ ।’ यी रोयल्टी पाँच वर्षयता संकलन गरिएका रोयल्टी हुन् । स्रष्टाहरुलाई संस्कृति तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले रोयल्टी प्रदान गर्नेछन् । समाजका अनुसार यसपटक करिब २ करोड ७१ लाख २६ हजार रुपैयाँ रोयल्टी वितरण हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार