Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपेन्द्र सुब्बा लेख्छन्– हामी क्यारम बोर्डका गोटीमात्र हौं

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–यो साता फिल्म ‘कबड्डी ४’ दुई कारणले चर्चामा आयो । पहिलो कारण फिल्मले बक्सअफिसमा गरेको आक्रमण कलेक्सन र दोस्रो कारण अभिनेत्री मिरुना मगर । सुनधारास्थित सिभिल मलको क्युएफएक्समा पुगेकी मिरुनाको एक दर्शक फुर्पा तामाङसँगको विवादले सबैको ध्यानाकृष्ट गर्यो । आफ्नो पिठ्युमा हात राखेको भन्दै मिरुनाले फुर्पालाई थप्पडमात्र हिर्काइनन्, फुर्पालाई प्रहरी हिरासतमा पनि पु¥याइन् । बौद्ध धर्मावलम्बी रहेका फुर्पा हिरासतमा रहेपछि बौद्ध धर्मावलम्बीहरुले फिल्म बहिस्कार गर्नेदेखि प्रदर्शनमा रोक लगाउन माग गर्दै आन्दोलन नै गरे । चौतर्फी विरोधपछि फुर्पा हिरासतबाट छुटे र दुवै पक्षबीच सहमति गरे । फुर्पा र मिरुनाबीच सहमति भए पनि यसको चर्चा अझै सेलाएको छैन । सामाजिक सञ्जालमा विशेषत यसले अझै स्थान पाइरहेको छ । कवि तथा फिल्म लेखक उपेन्द्र सुब्बाले पनि यो विषयमा फेसबुकमा एक स्टाटस नै लेखेका छन् । ‘दुई पक्ष बीच मिलापत्र भइसकेको अवस्था छ । दुवै पक्षले आरोप प्रत्यारोप नगर्ने भन्ने पनि छ । दोष कसको थियो भन्ने कुरामा तर्क वितर्क नै नगरुम । मेरो कुरा यती मात्र हो, तपाईहरुले जुन–जुन भिडियो फुटेज हेरेर मिरुना मगरलाई गाली गलौज गर्दै हुनुहुन्छ, जो सही गलत भनि आफ्नो धारणा बनाउनु भाछ ति सीसीटीभी फुटेज भनिएका मोबाइलले खिचेका भिडियोहरु के प्रयोजनका लागि थिए ? एकचोटी सोच्यो त...तपाईंको सुचना स्रोत के हो ? ती भिडियो अपलोड गर्ने व्यक्ति को हो ? भिडियो अपलोड गर्नुको उसको उद्देश्य के थियो ? यो पाटो सोचियो त ? टिकटक भ्युज पाउनलाई बनाएको सामाग्रीलाई सत्य मानेर आफ्नो धारणा बनाउनु कति जायज हो ?’, उनले लेखेका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियो खोलेर हेर्नसमेत भनेका छन् । ‘ती भिडियो जसले पोस्ट गरेका छन्, तिनका एकाउन्ट एकचोटी खोलेर त हेर्नुस । के त्यो व्यक्ति त्यति विश्वसनीय छ त ? समाजमा त्यो व्यक्तिले यति धेर हैसियत राख्छ त ?’, उपेन्द्रले अगाडि लेखेका छन् । उनले स्टाटसमा प्रतिक्रिया दिने मान्छेको प्रोफाइल हेर्नसमेत आग्रह गरेका छन् । उनका अनुसार अधिकांशको प्रोफाइल लक गरिएको छ । उनले पोस्टको समापन गर्दै लेखेका छन्, ‘हामी फगत क्यारम बोर्डका गोटी मात्र हौं ।’ यसअघि पनि उनले मिरुना प्रकरणको विषयमा मिरुनाको तस्वीर राख्दै स्टाटस लेखेका थिए । ‘हिचानको पक्षमा बीस वर्ष यता निरन्तर लेख्दै बोल्दै आएको म एउटा सानो लेखक । तर मलाई पत्तै भएन हाम्रो समाज यती संकिर्ण र साम्प्रदायिक भइसकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भई सकेछौं । मेरो जाति, मेरो भाषा, मेरो मान्छे ..यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भई सकेछौं । होइन भने त जो जोले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनुहुन्छ, फुर्पाभाइको ठाउँमा अरु कोही बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसरी नै गाली वैज्वत गर्नु हुन्थ्यो होला ?’, उनले लेखेका थिए, ‘म त आदिवासी हुनुमा गर्व गर्थें । तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बु सब एकै हो सोच्थें । यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी ।’  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार