म्युजिक नेपालको युट्युब च्यानल ह्याक
काठमाडौ– ६९ लाख बढी सब्सक्राइबर भएको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । ह्याकरले च्यानलको नाम ‘टेस्ला लाइभ’ राखेका छन् ।
नेपालमा सबैभन्दा बढी सस्क्राइबर भएको म्युजिक नेपालको युट्युब च्यानल गत मंगलबारबाट ह्याक भएको म्युजिक नेपालले जनाएको छ । च्यानलमा २ दिन अगाडि गायक रामकृष्ण ढकालको ‘आशु देऊ या हाँसो’ नामको भिडियो अपलोड भएको देखिन्छ ।
ह्याकरले यसअघि ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टिभी, गायक कमल खत्री, भिटेन आदिको युट्युब च्यानल समेत ह्याक गरिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २३:०१
प्रतिक्रिया दिनुहोस्