Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभासको तौलका कारण रोकियो सुटिङ

बिहीबार, मंसिर ८, २०७९
मुम्बई– ‘बाहुबली’ फेम्ड अभिनेता प्रभास अभिनित पछिल्ला दुई फिल्म लगातार ‘फ्लप’ भएपछि उनका फ्यान निरास छन् । प्रभास फिल्म ‘केजीएफ’का निर्देशक प्रशान्त निलको नयाँ फिल्म ‘सालार’मा देखिँदैछन् । यो फिल्ममा दर्शकले प्रभासको एक्सन अवतारलाई नजिकबाट हेर्न पाउनेछन् । तर अहिले यो फिल्मको सुटिङ प्रभासकै कारण रोकिएको छ । समाचारअनुसार प्रभासको शरीरको तौलका कारण अहिलेलाई फिल्मको सुटिङ रोकिएको छ । प्रभास लामो समयदेखि तौलको समस्यासँग जुधिरहेका छन् । पछिल्लो फिल्म ‘राधे श्याम’को प्रमोसनको समयमा नै प्रभास आफ्नो शरीरलाई लिएर तनावमा थिए । ‘सालार’मा प्रभास तीन लुकमा देखिए पनि वास्तविकतामा त्यो लुकमा उनी ‘अनफिट’ छन् । प्रभासलाई ‘राधे श्याम’मा देखेका दर्शकले ‘सालार’ उनको बढ्दो शरीरलाई हेर्दा आश्चर्य मानेका थिए । फिल्ममा प्रविधिका कारण प्रभासलाई राम्रो आकारमा देखाइएको थियो । तर निर्देशक प्रशान्त कुनै पनि मूल्यमा गुणस्तरसँग सम्झौता गर्न चाहदैनन् । प्रशान्त प्रभासलाई फिल्म ‘राधे श्याम’को जस्तै फिट देखाउन प्रविधिको प्रयोग गर्ने मुडमा छैनन् । उनी प्रभास आफैंले तौल घटाउन भन्ने चाहन्छन् । फिल्म निकट स्रोतका अनुसार निर्देशकको माग अनुसार फिट भएर प्रभास नफर्किउञ्जेलसम्म सुटिङ हुने छैन । –आजतक
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार