राष्ट्रिय वाणिज्य बैंकद्धारा सशस्त्र प्रहरी बल नेपालमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
काठमाडाैँ– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरूका लागि मङ्गलबार काठमाडौंको हल्चोक स्थित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा बैंकका ब्रान्च अपरेशन विभागकी प्रमुख दुर्गा कँडेल (छत्कुली)ले बैंकमा खाता खोल्ने, केवाइसी, डिजिटल बैंकिङ तथा पेशाकर्मी सरल कर्जा सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी बैंकको सहायक कम्पनी आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, आस्वा सेवा तथा पूँजीबजार सम्बन्धी प्रशिक्षण दिएका थिए।
कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक हेमबहादुर ज्ञवालीले स्वागत मन्तव्य तथा प्रहरी नायब उपरीक्षक ध्रुव केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम ब्रान्च अपरेशन विभागका उपप्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए।
गत बैशाख १४ गते बैंक र सशस्त्र प्रहरी बल नेपाल बिच सशस्त्र प्रहरी बलका कर्मचारीहरूको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा कारोबार लगायतका बैंकिङ सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको थियो ।
कार्यक्रममा बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक धु्रब अर्याल, स्वयम्भु शाखाका शाखा प्रबन्धक ज्ञानु सेढाइ लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । देशभर बैंकको हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ सेवा सहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:४३
प्रतिक्रिया दिनुहोस्