प्रथम महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको विजेता आईसीएफसी फाइनान्स
काठमाडाैँ– महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका बिजेताहरूलाई पुरस्कार वितरण गरेको छ ।
ज्येष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको थियो ।
यही जेठ १३ देखि १५ गते तीन दिन सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि आईसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ । प्राइम बैंकले द्वितीय र कामना सेवा विकास बैंकले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्र, महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष श्री राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देवकोटाले संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्रहरू प्रदान गर्नुभएको थियो । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाएका थिए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्रको प्रमुख आतिथ्यमामा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता आईसीएफसी फाइनान्स , द्वितीय प्राइम बैंक, तृतीय कामना सेवा विकास बैंक, उत्कृष्ट फिल्डर आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना, उत्कृष्ट विकेट –किपर मुक्तिनाथ विकास बैंकका मनिष सिंह, उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका हेमन्त कुमार श्रीवास्तव, उत्कृष्ट खेलाडी प्राइम बैंकका क्रितार्थ शाक्य लगायत ३२ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरूलाई म्यान अफ दि म्याचको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री बम बहादुर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाहरू बिच भाइचारा, आत्मियता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरूलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी उनिहरुलाई मनोरञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए ।
कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष श्री राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरूले कर्मचारीहरूमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पु¥याउने हुँदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताए ।
२८ औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरूलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको दरमियानमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ ।
आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:४१
प्रतिक्रिया दिनुहोस्