एम्बरबाट जोनीले किन पाउदैछन् १५ मिलियन ?
लसएञ्जल्स– हलिउडका प्रख्यात अभिनेता जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डबीच चलिरहेको मानहानी मुद्धामा डेपले एम्बरलाई पराजित गरेका छन् । अदालतले बिहीबार एम्बरलाई जोनलाई मुआब्जा दिन आदेश दिएको छ ।
सन् २०१६ मा विवाह गरेका जोनी र एम्बर त्यसको एक वर्षपछि अलग्गै बस्न थाले । सन् २०१८ मा एम्बरले जोनीविरुद्ध द वासिङटनमा एक लेख छपाएर आफूमाथि जोनीले घरेलु हिंसा गर्ने गरेको आरोप लगाएकी थिइन् । यो लेख छापिएपछि जोनीले हर्डविरुद्ध मानहानीको मुद्धा दायर गरेकी थिइन् ।
जोनीले एम्बरविरुद्ध मुद्धा दर्ता गराएपछि हर्डले पनि जोनीविरुद्ध उल्टो मानहानीको मुद्धा हालिन् । यसपछि यो मुद्धाका विषयमा करिब ६ हप्तासम्म सुनुवाई चल्यो । आफूमाथि जोनीले घरेलु हिंसा, कुटपिट, यौन हिंसागर्ने लगायतका आरोपसही उजुरी दिएकी थिइन् । जोनीले पनि एम्बरमाथि घरायसी हिंसाको आरोप लगाएका थिए ।
यो ‘हाई प्रोफाइल’ मुद्धाले निकै चर्चा पाएको थियो । अदालतले जोनीको पक्षमा फैसला सुनाउदै एम्बरलाई डेपलाई मुआब्जाका रुपमा १४ मिलियन डलर पैसा बुझाउन आदेश दिएको छ । यो सुनुवाई पछि अदालतको जुरी सदस्यले हर्डलाई दोषी ठहर्याएको छ ।
यद्यपि यो मुद्धाको सुनुवाईको समयमा केही मामलामा जोनीलाई पनि दोषी पाइएको छ । अदालतले जोनीलाई पूर्व पत्नी हेम्बरलाई २ मिलियन डलर दिन भनेको छ । –एबीपी न्यूज