Nic Ad Nic Ad
Nic Ad Nic Ad

जुरी भूमिकालाई निरन्तरता दिँदै मेयर बालेन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन शाहले र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’मा जुरीको भूमिकालाई निरन्तरता दिने भएका छन् । झण्डै डेढ वर्षअघि बालेनसहित अन्य दुई जुरी मानस घले र गिरीश खतिवडासँग भएको सम्झौता अनुसार नै बालेनलाई आफ्नो भूमिकालाई निरन्तरता दिएका हुन् । बालेन आफैंमा र्‍यापर हुन् । शोका निर्देशक निकेश खड्काले मेयर शाहको समय अनुसार सुटिङ गरिरहेको बताए । ‘अस्तीको दिन उहाँले झण्डै चार घण्टाको समय दिनुभएपछि दुई भाग छायांकन गर्यौ । उहाँले अब तीन दिन समय दिनुपर्नेछ’, निकेशले भने । उनले मेयर भएपछि पनि आफूहरुले मेयर बालेनलाई शोको निर्णायकका रुपमा मात्र हेरिरहेको बताए । ‘अहिले उहाँ विशुद्ध जुरी सदस्यको रुपमा शोमा उपस्थित भइरहनुभएको छ । आफ्नो तर्फबाट अन्य सहयोग गर्ने केही कुरा गर्नुभएको छैन’, निकेशले भने,‘जुरी मेयरको अगाडि प्रस्तुती दिन पाउँदा सहभागीहरु खुशी छन् । हामी पनि खुशी छौं ।’ शोको ग्राण्ड फिनाले असार १४ गते हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार