वैदेशिक रोजगारमा रहेका र फर्किएका नेपालीहरुका लागि राष्ट्र बैंकले ल्यायो वैदेशिक रोजगार बचतपत्र
काठमाडौं - नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा रहेका नेपाली र वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुका लागि ५ बर्षिय बैदेशिक रोजगार बचतपत्र जारी गरेको छ ।
बैंकले जेठ १८ गतेदेखि असार ६ गतेसम्मका लागि १२ दशमलव ५ प्रतिशत ब्याजदरको ५ बर्षिय वैदेशिक रोजगार बचतपत्र ल्याएको गैर आबासिय नेपाली सघका सचिव चिरन्जीवी घिमिरेले जानकारी दिए ।
यो बचत पत्र नेपाल राष्ट्र बैंकको https://obss.nrb.org.np/saving लिंक मार्फत अनलाइन आबेदन भर्न सक्ने व्यवस्था गरिएको छ । सम्पूर्ण गैर आबासीय नेपालीहरुलाई उक्त अवसरको सदुपयोग गरि समयमा नै उच्च मुनाफा प्राप्त हुने बैंकको बचत पत्रमा लगानी गर्न अनुरोध गरीएको घिमिरेले बताए ।
नेपालमा विदेशी मुद्राको अभाव भइरहदा गैर आबासिय नेपालि संघ, नेपाल राष्ट्र बैंकतथा अर्थ मत्रालयको संयुक्त सहमतिमा यो सम्भव भएको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:४३
प्रतिक्रिया दिनुहोस्