Nic Ad Nic Ad
Nic Ad Nic Ad

आफ्नै श्रीमतीको पुस्तक किन पढेनन् आयुष्मानले ?

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - बलिउडका चर्चित अभिनेता आयुष्मान खुराना अहिले नयाँ फिल्म ‘अनेक’ का कारण चर्चामा छन् । अभिनव सिन्हाले निर्देशन गरेको यस फिल्ममा आयुष्मान एक अन्डरकभर अफिसरको भूमिकामा रहेका छन् । हालै सार्वजनिक फिल्मको ट्रेलरमा पनि आयुष्मान फरक अवतारमा देखिएका छन् । यसैबीच एक कुराकानीमा उनले श्रीमतीसँगको एक कुरा खुलाएका छन् । आयुष्मानसँग उनकै श्रीमतीले लेखेको पुस्तक ‘ए ७ साइन अफ बिइङ’ बारे कुरा गरिएको थियो । तर उनले उक्त पुस्तक आफूले नपढेको बताए । पुस्तकमा ताहिराले आफू र आयुष्मानको सेक्स जीवनका बारेमा लेखेको बताइएको छ । तर आयुष्मानले भने आफूले पुस्तक नपढेकोले केही थाहा नभएको बताए । एक पाठकका लागि पुस्तक मनोरञ्जकका रुपमा आए पनि व्यक्तिगत रुपमा कोहीप्रति लक्षित रहेर कुरा गर्न र गहिराईसम्म पुगेर पढ्ने बानी आफूको नरहेको उनी बताउँछन् । सन् २००८ मा विवाह गरेका आयुष्मान र ताहिरा मिल्ने जोडीमा गनिन्छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार