Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण कोरियामाथि ब्राजिलको शानदार जीत

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ - मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले दक्षिण कोरियालाई हराएको छ । साउलको संगम वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई ५–१ गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा नेयमारले दुई गोल गरे । ती दुवै गोल पेनाल्टीमा सम्भव भएका थिए । खेलमा अग्रता ब्राजिलले सातौं मिनेटमा रिचरलिसनको गोलमा लिएको थियो । घरेलु टोलीले ३१ औं मिनेटमा बराबरी गोल फकायो । ह्वाङ हि चेनले दक्षिण कोरियाका लागि बराबरी गोल गरेका थिए । नेयमारले ४२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ब्राजिललाई पहिलो हाफमा २–१ ले अघि बढाए । दोस्रो हाफको ५७ औं मिनेटमा नेयमारले पेनाल्टीमै गोल गर्दै ब्राजिललाई ३–१ ले अघि बढाए । फिलिप कौटिन्होले ८० औं मिनेटमा ब्राजिलका लागि चौथो गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा जिसस ग्याब्रियलले गोल गर्दै दक्षिण अमेरिकी देशलाई फराकिलो जीत दिलाए । फिफा वरियताको शीर्ष स्थानमा रहेको ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो देश बनेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:४०
प्रतिक्रिया दिनुहोस्