Nic Ad Nic Ad
Nic Ad Nic Ad

२० प्रतिशत भूभाग रूसले कब्जा गरेको यूक्रेनको दाबी

शुक्रबार, मंसिर ९, २०७९
बाठमाडौँ– रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दाबी गरेको छ । यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भने, “हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ ।” देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ । यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यूक्रेनले आरोप लगाउदै आएको छ । लक्जम्बर्गमा सांसदहरुलाई सम्बोधन गर्दै यूक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए । उनले निराश नहुन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:२०
प्रतिक्रिया दिनुहोस्