Nic Ad Nic Ad
Nic Ad Nic Ad

साउन १ गतेसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य राख्नुपर्ने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– बागमती र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य राख्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यी २ प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलसहित सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर अनिवार्य नगरिए कारबाही हुने चेतावनी दिएको छ । सरकारले बागमती र गण्डकीका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न गत २२ कात्तिकमा राजपत्रमा सूचना प्रकाशन गरेको थियो । तर, इम्बोस्ड नम्बर जडान नभएको भन्दै विभागले ध्यानाकर्षण भएको जनाएको छ । बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित गुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानुन कार्यान्वयनमा नआएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार