विश्वकप छनोटका लागि नेपाल आज कतारसँग भिड्दै
काठमाडौँ – १९ वर्षमुनिको महिला टी–२० विश्वकप छनोटका लागि आज (शुक्रबार) नेपाल कतारविरुद्ध खेल्दैछ ।
१४ खेलाडीसहित मलेसिया पुगेको नेपाली टिम प्रतियोगितामा सुखद सुरुआतको लक्ष्यमा छ । यो प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा खेल्नेछ ।
नेपालकी कप्तान कृतिका मरासिनीले पछिल्लो एक महिनादेखि निरन्तर बन्द प्रशिक्षणमा रहेकाले विश्वकप छनोटमा नेपालले अघिल्लो चरणमा स्थान बनाउनेमा विश्वस्त रहेको बताएकी छन् । प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, थाइल्यान्ड, भुटान र कतार गरी ६ राष्ट्र सहभागी छन् ।
नेपालको तुलनामा अन्य टोली कमजोर देखिए पनि नेपालको कडा प्रतिस्पर्धा थाइल्यान्डसँग हुनेछ । पछिल्लो समय थाइल्यान्डविरुद्ध नेपाली टिमको प्रदर्शन सन्तोषजनक छैन। बाँकी खेलमा नेपालले शनिबार यूएईविरुद्ध, सोमबार भुटानविरुद्ध, मंगलबार थाइल्यान्डसँग र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।