Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्योती मगर लोक स्टारको निर्णायक

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - पहिरन र गाएका गीतले नेपाली लोक गीत/संगीतलाई बिगारेको आरोप खेप्दै आएकी गायिका ज्योती मगर फरक भुमिकामा आउने भएकी छन् । उनी अब लोक गीतको रियालिटी सो ‘नेपाल लोकस्टार’मा निर्णायक बन्ने भएकी हुन् ।

हिमालयन टेलिभिजनले उत्पादन तथा प्रसारण गर्ने ‘नेपाल लोकस्टार’ को अहिले अडिसन चलिरहेको छ । ‘नेपाल लोकस्टार’को दोस्रो सिजनमा भाग लिन चाहनेले घरबाटै डिजिटल अडिसन दिन सक्नेछन् ।

डिजिटल अडिसनका लागि हिमालय टेलिभिजनको एपमा अडिसन वटम क्लीक गरी लोकस्टारको अडिसन पेजमा जानु पर्नेछ । त्यहाँ आफ्नो व्यक्तिगत विवरण भरी आफूले गाएको गीतको क्लीप अपलोड गरी सबमिट गर्नुपर्नेछ ।

प्रारम्भिक छनौटमा पर्ने प्रतियोगीलाई निर्माण टिमले जानकारी दिने जनाएको छ ।

विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने यो 'सो'मा ज्योतीसँगै कुमार बस्नेत, रामजी खाँड र कुलेन्द्र विश्वकर्मा निर्णायक छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:५२
प्रतिक्रिया दिनुहोस्