आजबाट मण्डलामा चोरको स्वर
काठमाडौं–राजधानीको थापागाउँस्थित मण्डला थिएटरमा आजबाट नाटक ‘चोरको स्वर’ मञ्चन हुँदैछ । आर्टमाण्डु नेपालको प्रस्तुति रहेको नाटक मण्डलामा सोमबारबाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे अतिरिक्त शोसमेत छ ।
नवीन चौहानको कथा रहेको नाटकले लिम्बू समुदायमा हुने भागी विवाहको विषयलाई उठान गरेको छ । लेखक चौहानका अनुसार जवान लिम्बू केटाले केटी भगाएपछि केटा पक्षबाट जानकारी दिने परम्परालाई ‘चोरको स्वर’ भनिन्छ ।
अनिल सुब्बा र अन्वेश राई थुलुङको परिकल्पना तथा निर्देशन रहेको नाटक असार १५ गतेसम्म मञ्चन हुनेछ । नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापामगर, वेदना राईलगायतको अभिनय छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:२२
प्रतिक्रिया दिनुहोस्